६ सय ७० किलो गाँजा प्रहरीको नियन्त्रणमा

पुस २७, २०८१

अवधेशकुमार झा

670 kilos of ganja under police control

राजविराज — सप्तरी प्रहरीले शनिबार ६ सय ७० किलो गाँजा नियन्त्रणमा लिएको छ । बलानबिहुल गाउँपालिका-१ चनहीको कमलदाहामा परालले छोपेर राखिएको अवस्थामा ६ सय ७० किलो गाँजा प्रहरीले नियन्त्रणमा लिएको सप्तरीका एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । गाँजा २४ वटा प्याकेटमा राखेर परालले छोपिएको थियो । 

सप्तरी प्रहरीले यसअघि गत मंसिर ३ गते राति राजगढ गाउँपालिकाबाट टिपरमा लोड गरिएको अवस्थामा १ हजार ७ सय १७ किलो गाँजा नियन्त्रणमा लिएको थियो । पूर्वी पहाडी जिल्लाबाट सप्तरी ल्याएर गाँजा भण्डारण गरिने र यहाँबाट भारततर्फ तस्करी हुने गरेको छ । प्रहरीले गाँजा नियन्त्रणमा लिने गरे पनि कारोबारी भने पक्राउ पर्ने गरेका छैनन् । 

अवधेशकुमार

Link copied successfully