अवैध औषधि र गहुँसहित पिकअप र ट्र्याक्टर प्रहरीको नियन्त्रणमा 

पुस २६, २०८१

शिव पुरी

Pickup and tractor with illegal drugs and wheat under police control

रौतहट — रौतहट प्रहरीले किटनाशक औषधि र गहुँ लोड भएको दुई वटा पिकअप र ट्र्याक्टर नियन्त्रणमा लिएको छ । बुधबार राति प्रहरीको गस्ती टोलीले गौर नगरपालिका–५ स्थित सिया प्यालेस होटल अगाडि ना २ च ७७६१ नम्वरको पिकअप गाडीमा किटनाशक औषधि लोड भइरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

सोही स्थानबाट गहुँ लोड भएको ना २ च १६५० नम्बरको ट्र्याक्टरसमेत नियन्त्रणमा लिई अनुसन्धान थालेको जिल्ला प्रहरी गौरका प्रहरी निरीक्षक उमाशंकरप्रसाद गुप्ताले जनाए । 

गौर-५ का पिकअप चालक सञ्जीव यादव र ट्र्याक्टर चालक सुनिल यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरी निरीक्षक गुप्ताले बताए । उनका अनुसार, बरामद गरिएको सामान जाँच गर्दा बिलविजक फरक देखिएपछि थप अनुसन्धान र कारबाहीका लागि आन्तरिक राजस्व करदाता कार्यालय गौरमा जिम्मा लगाएको छ

 । 

प्रहरीले बरामद गरेको औषधि र गहुँ भारतबाट भित्र्याइएको हो । 

Pickup and tractor with illegal drugs and wheat under police control

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully