प्रगतिशील लेखक संघ महोत्तरीको अध्यक्षमा रामचन्द्र पौडेल

पुस २४, २०८१

सुनिता बराल

Ramchandra Paudel as President of Progressive Writers Association Mahottari

महोत्तरी — प्रगतिशील लेखक संघ महोत्तरीको अध्यक्षमा रामचन्द्र पौडेल चयन भएका छन् । चौथो जिल्ला अधिवेशनबाट पौडेलको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको लेखक संघ महोत्तरीले जनाएको छ । 

अधिवेशनबाट कार्यसमितिको उपाध्यक्षमा निरोज अधिकारी, समावेशी उपाध्यक्षमा सानुमाया पुलामी, विमला विश्वकर्मा, सचिवमा नारदप्रसाद काफ्ले, सहसचिवमा विशाल बस्नेत, कोषाध्यक्षमा जीवनराज दाहाल र सदस्यहरूमा सुशील यादव, रन्जन भण्डारी, पवन वाग्ले, यशोदा श्रेष्ठ, श्याम यादव र प्रतिमा पौडेल चयन भएका छन् ।

संघका केन्द्रीय अध्यक्ष मधुसूदन गिरिले  राष्ट्रिय सम्मेलनले समेत कम्युनिष्टहरू एक ठाउँमा हुनुपर्ने निष्कर्ष निकालेको बताए ।  कम्युनिष्ट पार्टीहरू वर्गशत्रुजस्तो देखिए पनि प्रगतिशील लेखक संघ वाम विचारधारा बोक्ने सबै लेखकहरुको साझा थलो भएको उनले बताए ।

सुनिता बराल कान्तिपुरकी महोत्तरी संवाददाता हुन् ।

Link copied successfully