सिरहा — सिरहाबाट सशस्त्र प्रहरीले भारत लजाँदै गरेको लसुन नियन्त्रणमा लिएको छ । भगवानपुर गाउँपालिका-४ स्थित दशगजा क्षेत्रबाट सशस्त्रले आइतबार २ सय ७० किलो लसुन नियन्त्रणमा लिएको हो ।
सिरहाका सशस्त्र प्रहरी प्रमुख नरेश भण्डारीका अनुसार, उक्त लसुन ६७ हजार ५ सय रुपैयाँ बराबरको छ ।
सीमा सुरक्षा गुल्म इनर्वाबाट विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उक्त लसुन नियन्त्रणमा लिएको उनले बताए । सशस्त्र प्रहरीले उक्त लसुन भन्सार कार्यालय, ठाडीमा बुझाएको छ ।
