ठगीको आरोपमा पक्राउ

पुस २१, २०८१

अवधेशकुमार झा

Arrested for fraud

राजविराज — पैसा दोब्बर पारिदिने भन्दै रकम लिएर ठगी गरेको आरोपमा सप्तरी प्रहरीले एकजनालाई आइतबार नियन्त्रणमा लिएको छ । 

तिलाठी कोईलाडी गाउँपालिका-६ का हनुमानी भनिने रामबहादुर रजकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

सर्वसाधारणसँग रकम लिएर दोब्बर रकम बनाइदिने भन्दै ठगी गर्दै आएको आरोप रजकमाथि छ । 

लामो समयदेखि सप्तरीमा रजकले ठगी गरिरहेको आरोप लाग्दै आए पनि प्रहरीमा भने उजुरी पर्ने गरेको थिएन । पीडितले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि जिल्ला अदालतबाट पक्राउ अनुमति लिई रजकलाई आइतबार गाउँबाटै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

सोमबार जिल्ला अदालतमा म्याद थपपश्चात् पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिइने सप्तरी प्रहरीले बताएको छ । 

अवधेशकुमार झा

Link copied successfully