सर्लाहीको रामनगरमा प्रहरीमाथि वडाध्यक्ष नेतृत्वको टोलीले गर्‍यो आक्रमण

पुस २१, २०८१

ओमप्रकाश ठाकुर

A team led by the ward head attacked the police in Ramnagar of Sarlahi

सर्लाही — वडाध्यक्ष नेतृत्वको टोलीले प्रहरीमाथि आक्रमण गर्दा हवाई फायर गरेर स्थिति नियन्त्रणमा लिएको छ । आक्रमणमा परेर एकजना ट्राफिक प्रहरी हबल्दार गम्भीर घाइते भएका छन् । 

गएराति करिब नौ बजे रामनगर गाउँपालिका-५ बैजनाथ चोकमा ट्राफिक प्रहरीले सवारी साधन र मापसे जाँच गर्ने क्रममा उत्पन्न भएको विवादले उग्र रूप लिँदा घटना भएको हो ।

स्थानीयको आक्रमणमा परेर अस्थायी ट्राफिक प्रहरी पोस्ट गडहियामा कार्यरत प्रहरी हबलदार सलिन्द्र रायको टाउकोमा गम्भीर चोट लागेको छ । उनको हाल न्युरो अस्पताल जनकपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार रामनगर गाउँपालिका- ५ का वडाध्यक्ष शिवनन्दन राय यादव  नेतृत्वमा रहेका स्थानीयले राति सवारी जाँचमा खटिएका ट्राफिक प्रहरीमाथि आक्रमण गर्दा घटना भएको हो । स्थिति तनावपूर्ण बनेपछि प्रहरीले ५ राउण्ड हवाई फायर गरेको थियो । प्रहरीले हवाई फायर गरेपछि स्थानीय तितरबितर भएका थिए ।

ओमप्रकाश ठाकुर

Link copied successfully