सखुवा प्रसौनी गाउँपालिकाका पूर्वअध्यक्ष जयसवाल एमालेमा 

पुस १४, २०८१

रासस

Former chairman of Sakhuwa Prasauni Rural Municipality Jaiswal in UML

पर्सा — एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सखुवा प्रसौनी गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप जयसवाललगायतलाई आज एमालेमा प्रवेश गराएका छन् ।

एमालेको पर्सा जिल्ला कमिटीद्वारा वडा नम्बर २, औराहा पञ्चगावामा आयोजित बृहत् पार्टी प्रवेश तथा जनसभा कार्यक्रममा जयसवालसहित करिब पाँच हजार नेता कार्यकर्ता एमालेमा प्रवेश गरेको बताइएको छ । 

जयसवाल यसअघि जनता समाजवादी पार्टी नेपालमा थिए ।  साथै नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य उर्मिला महतो, नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका नेता कार्यकर्ता पनि एमालेमा प्रवेश गरेको पर्सा कमिटीले जनाएको छ ।

कार्यक्रममा एमाले मधेश प्रदेश इञ्चार्ज लीलानाथ श्रेष्ठ, नेताहरु पुरुषोत्तम पौडेल, हरि उप्रेती, प्रभु हजारा, सुमनराज प्याकुरेल, ज्वालाकुमारी साह,  मधेश प्रदेशको भौतिक पूर्वाधार मन्त्री सरोज यादव, खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवाललगायत सहभागी थिए । 

रासस

Link copied successfully