धनुषा — मधेश प्रदेशसभामा बोलाइएको सर्वदलीय बैठक निष्कर्षविहीन बनेको छ । बैठकमा मुख्यमन्त्री सतिशकुमार सिंह उपस्थित नभएपछि छलफल अगाडि बढ्न नसकेको बैठकमा सहभागी नेताले बताए । बैठक पुनः शुक्रबार बिहान ८ बजे प्रदेशसभा सचिवालयमा बस्ने सहमति भएको छ ।
बैठकमा मुख्यमन्त्री नआए पनि समसमायिक विषयमा छलफल भएको बैठकमा सहभागी लोसपाकी प्रदेश सांसद रुपा यादवले बताइन् । 'बजेट ल्याउने बेलामा मुख्यमन्त्रीले गरेको प्रतिबद्धताअनुसार बजेट कार्यन्वयन गर्न नचाहेपछि सर्वदलीय बैठक बोलाइएको थियो,' सांसद यादवले भनिन्,‘बैठकमा सांसदसँग जोडिएका योजनाहरु उपभोक्ता समितिमार्फत र सरकारको ठूला योजना टेण्डर प्रक्रियाबाट अगाडि बढाउने विषयमान छलफल भएको छ ।’
शुक्रबार बिहान बस्ने छलफलमा मुख्यमन्त्रीसमेत सहभागी हुने यादवले बताइन् ।
सर्वदलीय बैठकमा मुख्यमन्त्री सिंहले ल्याउन लागेको अध्यादेशको सबै दलले विरोध गरेको बैठकमा सहभागी सांसदले बताए ।
