सर्लाही — नवलपुर–मलंगवा सडक खण्ड अन्तर्गत फरहदवास्थित चिरान मिल नजिक ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गएको छ ।
ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक कविलासी नगरपालिका–७ का १९ वर्षका चन्दन यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
हरिपुर नगरपालिका–३ फरहदवास्थित चिरान मिल नजिक हरिपुरबाट मलंगवा तर्फ आउँदै गरेको ज२त ४५२ नम्बरको बालुवा लोड गरेको ट्याक्टरमा सोही दिशातर्फबाट आउँदै गरेको बीआर०५एक्यु ८७५९ भारतीय नम्बरको मोटरसाइकलले ठक्कर दिँदा मोटरसाइकल चालक यादव गम्भीर घाइते भएका थिए ।
घाइते यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला ट्राफिक कार्यालय नवलपुरका प्रमुख प्रहरी निरीक्षक रजोश घिमिरेले जानकारी दिए ।
उनका अनुसार ट्याक्टर र मोटरसाइकल प्रहरी नियन्त्रणमा छ । चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
