धनुषा — नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि जनकपुर बोल्ट्स जितेकामा जनकपुरमा खुसियाली मनाइँदै छ ।
खेलप्रेमीहरूले जनकपुरमा मोटरसाइकल र्याली र रथयात्रा निकाल्दै अबिर दलेर एकअर्कामा खुसी साटासाट गरिरहेका हुन् ।
समूह–समूहमा जम्मा भएका युवाले जनकपुरका विभिन्न चोकमा जनकपुर बोल्ट्सको गीत गाएर बाजागाजाका साथ नाचगान गर्दै खुसियाली साटासाट गरिरहेका छन् । युवाहरूले पटाका पड्काउँदै आतिसबाजीसमेत गरेका छन् ।
