महोत्तरी — महोत्तरीको बर्दिवासमा यात्रु बसले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु भएको छ । काठमाडौंबाट इलाम जाँदै गरेको वाग्मती प्रदेश ०३-००१ख २७२९ नम्बरको बसको ठक्करबाट अन्दाजी ६५ वर्षका पुरुषको मृत्यु भएको ईलाका प्रहरी कर्यालय बर्दिवासले जनाएको छ ।
बर्दिवासको रातुपुल नजिक गएराति भएको घटनामा मृत्यु भएका व्यक्तिको पहिचान खुलिनसकेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।
