रौतहटको ईशनाथ ७ को वडाध्यक्षमा कांग्रेसका खलिक विजयी

मंसिर १६, २०८१

शिव पुरी

Khalik of Congress won the Ward President of Ishanath 7 of Rautahat

रौतहट — रौतहटको ईशनाथ नगरपालिका–७ को वडा अध्यक्षमा कांग्रेसका शेख अब्दुल खलिक विजयी भएका छन् । खलिकले ६ सय २७ मत ल्याई विजयी भएका हुन् । निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका शेख अनवारले ५७५ मत ल्याए । 

नेकपा एसका सदरे आलमले ४५२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । २ हजार ७०७ मतदाता रहेको यो वडामा आइतबार भएको मतदानमा १ हजार ८७० मत खसेको थियो । २०७९ सालको स्थानीय तहको निर्वाचनमा यही वडामा नेकपा एमालेका वडाध्यक्ष शेख खलीउल्लाह ६८३ मतसहित विजयी भएका थिए । शेख खलिउल्लाहको मृत्यु पछि यहाँ उपनिर्वाचन भएको हो । 

राजपुर–६ र गढीमाई नगरपालीका–८ मा मतगणना जारी छ । राजपुर र गढीमाईमा कांग्रेसले नै अग्रता लिएको छ । 

शिव पुरी उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully