महोत्तरीको रामगोपालपुरमा मतगणना सुरु

मंसिर १६, २०८१

सुनिता बराल

Counting of votes has started in Ramgopalpur of Mahottari

महोत्तरी — महोत्तरीको रामगोपालपुर-२ मा मतगणना सुरु भएको छ । सर्वदलीय बैठकको निर्णयलगत्तै ६ बजेर ४५ मिनेटमा मतगणना सुरु भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जानकारी दिए ।

रामगोपालपुर-२ को वडाध्यक्ष पदका लागि भएको निर्वाचनमा २ हजार १ सय ४० मतदातामध्ये १ हजार ५ सय १४ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कुल मतमा ७० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत कोइरालाले जानकारी दिए । 

कुल खसेको मतमा ७ सय ८४ महिला र  ७ सय ३० पुरुषले मतदान गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार करिब ३ घण्टामा मतगणना सम्पन्न हुनेछ ।

एक वडाध्यक्षका लागि उक्त वडामा २० जना उमेदवार छन् ।

सुनिता बराल बराल कान्तिपुरकी महोत्तरी संवाददाता हुन् ।

Link copied successfully