महोत्तरीको रामगोपालपुरमा ६० प्रतिशत मत खस्यो

मंसिर १६, २०८१

सुनिता बराल

60 percent votes fell in Mahottari's Ramgopalpur

महोत्तरी — महोत्तरीको रामगोपालपुरमा ६० प्रतिशत मत खसेको छ । २ बजेसम्म १२ सय ८४ खसेको प्रमुख निर्वाचन अधिकृत राजकुमार कोइरालाले जानकारी दिए । 

बिहान ७ बजेबाट सुरु भएको मतदान उत्साहजनक देखिएको छ । उक्त वडाको कुल २ हजार १ सय ४१ कुल मतदाता मध्य ६५ प्रतिशत मत खस्ने अपेक्षा गरिएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

एक वडाध्यक्षका लागि उक्त वडामा २० जना उमेदवार छन् ।

सुनिता बराल कान्तिपुरकी महोत्तरी संवाददाता हुन् ।

Link copied successfully