बाराको अर्नवा-नरही चोक सडक दुई वर्षदेखि अलपत्र 

भाद्र ११, २०८१

लक्ष्मी साह

Bara's Arnwa-Narhi Chowk road has been deadlocked for two years

बारा — अर्नवादेखि बेतौना गाउँ हुँदै नरही चोक जोडिने ५ किमी सडक निर्माण गर्न ठेक्का सम्झौता भएको दुई वर्ष वित्दा पनि बन्न सकेको छैन ।

महागढीमाई नगरपालिका-८ को अर्नवा चोक र करैयामाई गाउँपालिका ८ को नरही मुखलाल महतो चोकसम्म पर्ने यो सडक दक्षिणमा तराईमधेसको ‘लाइफलाइन’ रहेको पूर्व–पश्चिम हुलाकी मार्गमा जोडिएको छ । 

 यस्तै उत्तरतर्फ भने व्यापारिक सहर वीरगन्ज–कलैया हुँदै रौतहटको कटहरिया–गरुडासम्म जोडिने सडकमा पर्छ । एक अर्का जिल्लासित जोडिएको लामो दुरीको यो दुवै सडकसित अर्नवा–नरही सडकको ‘लिंक’ छ । महागढीमाई ८ कै बेतौना र करैयामाई ८ मा नै पर्ने ईंटहर गाउँ हुँदै यो सडक गएको हो ।

निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने यो सडकमा कालोपत्रे, ढलान, कल्भर्ट, नाला निर्माणका लागि मधेस प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयले योजना पारेर  बजेट विनियोजन गरेको थियो । तर सडकमा अहिलेसम्म एक इन्च पनि कालोपत्रे र ढलान भएको छैन । 

निर्माण कार्यको जिम्मा लिएका निर्माण कम्पनी शिवशक्ति इन्फा डेभलपर प्रालि हेटौंडा-४ का सञ्चालक निर्माण व्यवसायी भने सम्पर्कबिहीन छन् । ‘घर अगाडि नै रहेको कल्भर्ट र नाला लथालिङ छाडेको छ,’ महागढीमाई नगरपालिका ८ बेतौनाका वडाध्यक्ष ओहैब अंसारीले भने, ‘कालोपत्रे र ढलान त एक इन्च पनि भएको छैन ।'

 चल्तीको सडकलाई त्यतिकै अलपत्र छाडेर गएको ठेकेदारलाई दिनरात ताकेदा गर्दा पनि नबनाइदिएको उनले बताए ।

सडकको उपभोक्तासमेत रहेका वडाध्यक्ष अंसारीकाअनुसार सडकमा बनाउनुपर्ने कल्भर्ट, गर्नुपर्ने कालोपत्रे, पुर्नुपर्ने माटो, गर्नुपर्ने ढलान, सब बेशको काम गर्दै नगरी ठेकेदार निर्माण स्थल आउन छाडेको उनको भनाइ छ । ढुंगाको थुप्रो त्यतिकै छाडिएको छ । कल्भर्टको माथि ढलान गरेर ‘एपरोच रोड’ (पहुँच सडक) नबनाउँदा कल्भर्टको साइडबाट सर्वसाधारणले जसोतसो आउजाउ गरिरहेका छन् ।Bara's Arnwa-Narhi Chowk road has been deadlocked for two years

‘ठेकेदार ६ महिनादेखि यहाँ आउन छाडेका छन्,’ उनले भने, ‘फोन पनि उठाउँदैनन् ।’ सडक खनेर अलपत्र पारेपछि सर्वसाधारणलाई आउजाउ गर्न कठिनाईसँगै दुर्घटना हुने गरेको छ ।’ सडक भएर उत्तर नरही चोक र दक्षिण अर्नवा चोक (बजार) पुग्नको लागि यो सडक सहायकको रुपमा रहेको छ । दुवै सडकसित यसको लिंक छ ।

ठेकेदारको लापर्बाही, निर्माण गराउने कार्यालयको ताकेदा अभावसँगै निर्माण गराउने मन्त्रालयले बजेट दिन बन्द गरेपछि सडक अलपत्र परेको हो । २०७९ असार १२ मा ८ करोड ३८ लाख ६१ हजारमा ठेक्का सम्झौता भई असारको अन्तिम सातादेखि काम गर्ने सर्त भएपनि निर्माण कार्य सुरु गरेर लथालिङ पारेर छाडिएको हो ।Bara's Arnwa-Narhi Chowk road has been deadlocked for two years

 ‘मन्त्रालयले कहिले थोरै बजेट, कहिले पठाउँदै नपठाउने भएपछि निर्माण पूरा भएको छैन,’ भौतिक पूर्वाधार कार्यालयअन्तर्गत सडकको साइट हेर्ने जिम्मा पाएका इन्जिनियर राजेश चौधरीले भने, ‘कार्यालयबाट गरिने ताकेदा गरेकै छौं । तर जति ताकेता गरेपनि न प्रदेश सरकारबाट बजेट आएको छ नत आएको बजेटमध्येबाट ठेकेदारले काम गरेको छ ।’ अरु सडकको बजेट आएको छ । तर यो सडकको बजेट नै दिएको छैन । ‘दिएको बजेटमध्ये ४० प्रतिशत जति काम भएको छ,’ उनले भने । 

लक्ष्मी साह कान्तिपुरका बारा संवाददाता हुन् ।

Link copied successfully