सर्लाही — सर्लाहीको कविलासी नगरपालिका–४, हेमपुरका पूर्व वडाध्यक्ष ४३ वर्षीय अरविन्द कुमार यादवको शुक्रबार राती मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ ।
बरहथवा नगरपालिका–१०, सीतापुरस्थित किसनपुर चोकमा मोटरसाइकल दुर्घटनामा यादवको निधन भएको हो ।
राति साढे ९ बजेतिर पिपरियाबाट बरहथवातर्फ गइरहेको प्रदेश २–०३–०२० प ३२४५ नम्वरको मोटरसाइकलमा सवार यादव साइकलसँग ठोक्किएर दुर्घटना हुँदा ज्यान गएको ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।
यादवलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बरहथवा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । मृतक यादवको शव पोष्टमार्टमका लागि राति नै प्रादेशिक अस्पताल मलंगवा पुर्याइएको छ । नेकपा एमाले जिल्ला कमिटीका सदस्य समेत रहेका यादव २०७९ को निर्वाचनमा समेत एमालेबाट वडाध्यक्षको प्रत्यासी थिए ।
