मधेश सरकारमा सहभागी हुने कांग्रेसका ४ मन्त्रीको नाम तय

असार २३, २०८१

सन्तोष सिंह

The names of 4 Congress ministers who will participate in the Madhesh government have been decided

धनुषा — नेपाली कांग्रेसले मधेश प्रदेश सरकारमा पठाउने मन्त्रीहरुको नाम टुंगो लगाएको छ । कांग्रेसले पर्साका जनार्दन सिंह क्षेत्री, रौतहटका सुनिल यादव, सर्लाहीका कौशल राय र धनुषाका शेषनरायण यादवलाई मन्त्री बनाउन लागेको नेपाली कांग्रेसका सांसद सञ्जय महतोले बताए ।

कांग्रेसलाई अर्थ मन्त्रालय, उर्जा सिचाईँ तथा खानेपानी मन्त्रालय, उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पाउने सहमति भएको कांग्रेस सांसद शेषनरायण यादवले बताए । 

कांग्रेसले ४ मन्त्रालयका लागि नाम टुंगाे लगाएपनि जनमतले ३ मन्त्रालय मात्र दिनसक्ने जनाएकाे छ । २५ सांसद रहेकाे एमालेलाई ४ र २२ जना सांसद रहेकाे कांग्रेसलाई ३ मन्त्रालय दिएर मुख्यमन्त्री सतिश सिंहले अर्थ मन्त्रालय आफैंले राख्न चाहेका छन्। 

सन्तोष सिंह कान्तिपुरका महोत्तरी संवाददाता हुन् ।

Link copied successfully