मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार, तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

वैशाख ६, २०८१

सन्तोष सिंह

Cabinet expansion in Madhesh province, three ministers and one state minister took oath

धनुषा — मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बिहीबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । चौथो पटक विश्वासको मत लिएपछि मुख्यमन्त्री यादवले तीन मन्त्री र एक राज्यमन्त्री थप गर्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

नवनियुक्त मन्त्रीहरुमा भरतप्रसाद साह बिनाविभागीय, युवराज भट्टराई उद्योग वाणिज्य तथा पर्यटन, बेची लुङ्गेलीलाई बिनाविभागीय मन्त्रीको जिम्मेवारी दिइएको छ । शारदा थापालाई गृह, सञ्चार तथा कानुन मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । 

साह र भट्टराई नेकपा माओवादी केन्द्र, लुङ्गेली नेकपा एस र थापा नेकपा एमाले प्रदेशसभा सदस्य हुन् । 

नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका छन् । राज्यमन्त्री थापाले मुख्यमन्त्री यादवबाट शपथ ग्रहण गरे ।

Cabinet expansion in Madhesh province, three ministers and one state minister took oath

सन्तोष सिंह कान्तिपुरका महोत्तरी संवाददाता हुन् ।

Link copied successfully