धनुषा — नेकपा (एस)बाट मधेस प्रदेश सरकारमा एक राज्यमन्त्री थपिएका छन् । उद्योग वन पर्यटन तथा वातावरण राज्यमन्त्रीमा नेकपा एसका नागेन्द्र राय यादवलाई मुख्यन्त्री लालबाबु राउले नियुक्त गरेका हुन् ।
आइतबार बिहान प्रदेश प्रमुख हरिशंकर मिश्रको उपस्थितिमा मुख्यमन्त्री राउतले यादवलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् ।
राज्यमन्त्री यादव रौतहटका हुन् । मंसिर ५ गते नेकपा एकीकृत समाजवादीबाटै उद्योग वन पर्यटन तथा वातावरण मन्त्रीमा शत्रुधन महतो र प्रदेश मामिला तथा कानुनमन्त्रीमा प्रमोद यादव मधेस सरकारमा सहभागी भइसकेका थिए । मधेस प्रदेशमा मुख्यमन्त्रीसहित १० मन्त्री र ४ जना राज्यमन्त्री छन् ।
