जसपा प्रदेश २ अध्यक्षमा यादव

मंसिर १५, २०७८

कान्तिपुर संवाददाता

जनकपुर — जनता समाजवादी पार्टीको प्रदेश २ अध्यक्षमा रामबाबु यादव चयन भएका छन् । बाराको निर्वाचन क्षेत्र नम्बर ३ बाट संघीय संसद्‌मा निर्वाचित यादवलाई जसपाले प्रदेश २ को नेतृत्व दिएको हो । पार्टी एकीकरणपछि प्रदेश समिति समायोजन गरिएको छ । 

जसपाको प्रदेश २ उपाध्यक्षमा ५ जनालाई चयन गरिएको छ । उपाध्यक्षमा रामपृत पासवान, शम्भु झा, शेषनारायण यादव, बृजमोहन तिवारी र रामसेवक यादवलाई चयन गरिएको छ ।

यस्तै, मुख्य सचिवमा दिनेशकुमार यादव र तीनजना सचिवमा युसुफ अलि, निरा साह र शैलेशकुमार साहलाई चयन गरेको छ । यस्तै, प्रदेश समितिको कोषाध्यक्षमा रेणु यादव छानिएकी छन् । 

कान्तिपुर

Link copied successfully