उनीहरु घर निर्माणको काम गर्ने गर्थे । ट्यांकीभित्र निस्सासिएर मृत्यृ भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
दाङ — तुलसीपुरमा एक निर्माणाधीन ट्यांकीमा दुई पुरुष मृत फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका-६ रजौरास्थित मनिराम चन्दको निर्माणाधीन पानीट्यांकीभित्र काम गर्न पसेका सल्यान घर भई तुलसीपुर-९ बस्ने कमल गिरी र घनश्याम गिरी मृत भेटिएका हुन् ।
मंगलबार बेलुका ट्यांकीभित्र पसेका उनीहरु बुधबार मृत भेटिएका हुन् । उनीहरु घर निर्माणको काम गर्ने गर्थे । ट्यांकीभित्र निस्सासिएर मृत्यृ भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी होमबहादुर पराजुलीले जानकारी दिए ।
