अस्पताल प्रशासनले एक सूचना जारी गर्दै कन्सल्टेन्ट रेडियोलोजिस्ट डा. छवि खड्काको छात्रवृत्ति करार सेवा अवधि समाप्त भएको र अन्य चिकित्सक नभएकाले भिडियो एक्सरे सेवा बन्द गर्नुपरेको जनाएको छ ।
प्यूठान — प्यूठान अस्पतालमा भिडियो एक्सरे सेवा बन्द भएको छ । अस्पतालमा भिडियो एक्सरे सेवा संचालन गर्दै आएका कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टरको करार सेवा अवधि समाप्त भएसँगै अस्पतालको सेवा नै बन्द भएको हो ।
अस्पताल प्रशासनले एक सूचना जारी गर्दै कन्सल्टेन्ट रेडियोलोजिस्ट डा. छवि खड्काको छात्रवृत्ति करार सेवा अवधि समाप्त भएको र अन्य चिकित्सक नभएकाले अस्पतालको सेवा बन्द गर्नुपरेको जनाएको छ ।
असार १७ गतेदेखि अर्काे सूचना जारी नभएसम्म अस्पतालको भिडियो एक्सरे सेवा बन्द गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालमा भिडियो एक्सरे सेवा बन्द भएपछि त्यसको असर ग्रामीण क्षेत्रबाट प्यूठान अस्पताल आउनेमा बढी देखिएको छ ।
