गुल्मीका दुई नगरपालिका र १० गाउँपालिकाले यसअघि प्रस्तुत नीति तथा कार्यक्रममा आधारित रहेर आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक बजेट ल्याएका हुन् ।
What you should know
गुल्मी — गुल्मीका दुई नगरपालिका र १० गाउँपालिकाले यसअघि प्रस्तुत नीति तथा कार्यक्रममा आधारित रहेर आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक बजेट ल्याएका छन् ।
जसअनुसार रेसुंगा नगरपालिकामा नगरप्रमुख खिलध्वज पन्थीले कुल ६५ करोड ६९ हजार रुपैयाँको बजेट प्रस्तुत गरे । जुन पारित पनि भइसकेको छ । त्यस्तै मुसिकोट नगरपालिकाले कुल ६८ करोड ६९ लाख २७ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ ।
त्यस्तै गाउँपालिका अन्तर्गत कालीगण्डकी गाउँपालिकाले ५७ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ । सभामा पेश उक्त बजेट छलफल गर्ने कार्यतालिका छ । सत्यवती गाउँपालिकाले ६२ करोड रुपैयाँ बराबरको बजेट सभामा पेश गरेको छ । उक्त बजेटमा छलफल गर्ने कार्यतालिका छ ।
चन्द्रकोट गाउँपालिकाले ५७ करोड ४५ लाख रुपैयाँको बजेट ल्याएको छ । रुरुक्षेत्र गाउँपालिकाले ५१ करोड ६८ लाख ७१ हजार रुपैयाँको बजेट ल्याएको छ । छत्रकोट गाउँपालिकाले ५२ करोड ४२ लाख २३ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ ।
गुल्मीदरबार गाउँपालिकाले ५५ करोड ५६ लाख ४४ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । उक्त बजेटमा छलफल गर्ने कार्यतालिका छ ।
इस्मा गाउँपालिकाले ५४ करोड ३० लाख रुपैयाँको बजेट ल्याएको छ । धुर्कोट गाउँपालिकाले ५६ करोड ८९ लाख ४४ हजार रुपैयाँको बजेट ल्याएको छ । उक्त बजेटमा छलफल गर्ने कार्यतालिका छ ।
मदाने गाउँपालिकाले ४९ करोड ८८ लाख २८ हजार रुपैयाँको बजेट ल्याएको छ । साथै मालिका गाउँपालिकाले ५८ करोड ६० लाख ९६ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । उक्त बजेट पछि छलफल गर्ने कार्यतालिका छ ।
धेरै पालिकाले पुरानै कार्यक्रमलाई निरन्तरता दिँदै बजेट विनियोजन गरेका छन् । यसवर्ष रेसुंगाले पूर्वाधार प्राथमिकतालाई निरन्तरता दिँदै पर्यटन विकासलाई तीव्रता दिएको छ । नगरपालिकाले जाउँ हिँड रेसुंगा अभियानलाई तीव्रताका साथ अगाडि बढाउँदै स्वास्थ्य क्षेत्रमा गुल्मी अस्पतालमा दिइरहेको प्राथमिकता प्रभावकारी भएकोले निरन्तरता दिइएको नगरपालिका प्रमुख खिलध्वज पन्थीले बताए ।
मालिकाले गाउँपालिकाले यसवर्ष बजेटमा केही नयाँ समावेश गर्न खोजेको देखिएको छ । जसअनुसार पालिकाभित्र बसाेबास गर्ने दम्पतीले छाेराछाेरी जन्माए पाँच हजार रुपैयाँ बैंक खातामा जम्मा गरिदिने भएको छ । २६० जना आसपास बच्चा जन्मने दर अनुमानका बीच १३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष देवीराम अर्यालले बताए ।
