लुम्बिनीमा स्वास्थ्य विकासका लागि ५ अर्ब ६५ करोड बजेट

लुम्बिनी प्रदेशको गौरवको आयोजनाका रूपमा निर्माण गरिरहेको लुम्बिनी प्रादेशिक अस्पताल र अन्य अस्पतालका लागि २ अर्ब १२ करोड रकम विनियोजन

असार १, २०८३

घनश्याम गौतम

5.65 billion budget for health development in Lumbini

देउखुरी — लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको विकासका लागि ५ अर्ब ६५ करोड रकम विनियोजन गरेको छ । सरकारले लुम्बिनी प्रदेशको गौरवको आयोजनाका रूपमा निर्माण गरिरहेको लुम्बिनी प्रादेशिक अस्पताल र अन्य अस्पतालका लागि २ अर्ब १२ करोड रकम विनियोजन गरेको छ ।

त्यस्तै सरकारले लुम्बिनी प्रादेशिक अस्पतालमा टेलिमेडिसिन सेवा सञ्चालन गर्ने भएको छ । राप्ती प्रादेशिक अस्पताललाई २ सय बेडमा विस्तार गर्न पनि सरकारले प्राथमिकतामा राखेको छ ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully