बजेट सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले सरकारले सडक गुरूयोजनाअन्तर्गत २ सय ३७ वटा सडकलाई बहुवर्षे योजनामा समावेश गरिएको जनाएका छन् ।
देउखुरी — लुम्बिनी प्रदेश सरकारले आगामी आवका लागि भौतिक पूर्वाधार विकासका लागि १० अर्ब १८ करोड ४५ लाख रुपैयाँ विनियोजन गरेको छ ।
सरकारले आगामी आवमा लुम्बिनी प्रदेशले तयार गरेको सडक गुरुयोजना कार्यान्वयन गर्ने भएको छ । सरकारले आगामी आर्थिक वर्षका लागि सडक गुरुयोजनामध्येबाट सडक योजना छनोट गरेर रकम बिनियोजन गरिएको बजेट वक्तव्यमार्फत जनाएको छ ।
बजेट सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले सरकारले सडक गुरूयोजनाअन्तर्गत २ सय ३७ वटा सडकलाई बहुवर्षे योजनामा समावेश गरिएको जनाएका छन् ।