मुख्यमन्त्री चेतनारायण आचार्यले एमाले लुम्बिनी प्रदेश सभाको विधानअनुसार प्रमुख सचेतकमा रोका मगर र सचेतकमा लामिछानेलाई नियुक्त गरेका हुन् ।
बुटवल — नेकपा एमाले लुम्बिनी प्रदेश सभाको प्रमुख सचेतकमा रोल्पाकी यमुना रोका मगर र सचेतकमा कपिलवस्तुका नवराज लामिछाने नियुक्त भएका छन् ।
मुख्यमन्त्री चेतनारायण आचार्यले एमाले लुम्बिनी प्रदेश सभाको विधानअनुसार प्रमुख सचेतकमा रोका मगर र सचेतकमा लामिछानेलाई नियुक्त गरेका हुन् ।
दुवै जनालाई सोमबारदेखि लागु हुनेगरी नियुक्त गरिएको संसदीय दलको नेता एवं मुख्यमन्त्री आचार्यले बताए । यसअघि प्रमुख सचेतकमा तुलसीप्रसाद चौधरी र सचेतकमा यमुना रोका मगर थिए । चौधरीले सोमबार नै कृषि, भुमि व्यवस्था तथा सहकारीमन्त्रीको सपथ लिएका छन् ।
त्यस्तै सचेतक रहेकी रोका मगर प्रमुख सचेतकमा नियुक्त भएपछि रिक्त सचेतक पदमा लामिछाने नियुक्त भएका हुन् ।