रास्वपा कपिलवस्तु अध्यक्षमा सुवेदी निर्वाचित

गए राति सम्पन्न निर्वाचनमा उनले २ सय ३५ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी विक्रम थापाले ६५ मत मात्र प्राप्त गरे ।

जेष्ठ २५, २०८३

मनोज पौडेल

Subedi elected as RSVP Kapilvastu president

कपिलवस्तु — राष्ट्रिय स्वतन्त्र पार्टी कपिलवस्तुको प्रथम जिल्ला अधिबेशनबाट अध्यक्षमा शिवप्रसाद सुवेदी निर्वाचित भएका छन् ।

गए राति सम्पन्न निर्वाचनमा उनले २ सय ३५ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी विक्रम थापाले ६५ मत मात्र प्राप्त गरे । त्यस्तै, उपाध्यक्षमा रामनिवास पुरीले १ सय ८० मत प्राप्त गरि विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी चिरिञ्जवी शर्माले ८२ मत प्राप्त गरे ।

त्यस्तै, सचिवमा यमलाल आचार्यले २ सय ९ मत प्राप्त गरि विजयी भए भने सहसचिवमा देबेन्द्रकुमार शर्मा १ सय २३ मतसहित निर्वाचित भए ।कपिलवस्तु

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully