शनिबार सम्पन्न जिल्ला अधिवेशनबाट सभापतिमा शान्ता बुढाले १ सय ५८ र प्रतिस्पर्धी उदयबहादुर खत्रीले ४६ मत पाए ।
बर्दिया — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बर्दियाको प्रथम जिल्ला अधिवेशनबाट सभापतिमा शान्ता बुढा क्षेत्री निर्वाचित भएकी छन् ।
शनिबार सम्पन्न भएको जिल्ला अधिवेशनबाट सभापतिमा बुढाले १ सय ५८ मत प्राप्त गरिन् । उनका प्रतिस्पर्धी उदयबहादुर खत्रीले ४६ मत पाए । उप–सभापतिमा १ सय ५२ मत प्राप्त गरी दुर्गाप्रसाद थारु विजयी भएका छन् । उनका प्रतिस्पर्धी मुकेशकुमार थारुले ३५ मत पाए ।
सचिवमा १ सय ४७ मत प्राप्त गरी दिपकबहादुर बिसी विजयी भएका छन् । उनका प्रतिस्पर्धी लक्ष्मीप्रसाद न्यौपाने ५३ मत मात्र प्राप्त गरे । सह–सचिवमा १ सय ३१ मत प्राप्त गरी शरषचन्द्र तिवारी विजयी भएका छन् । उनका प्रतिस्पर्धी रविन्द्र उपाध्याय ६२ मत प्राप्त गरे ।
यस्तै खुल्ला सदस्यमा अर्जुन भण्डारी, हेम राज सुवेदी, अजित कुमार मल्ल, सोम बहादुर गुरुङ, रमेश अर्याल, विष्णु प्रसाद उपाध्याय, गिता खड्का र लिला पनेरु निर्वाचित भएका छन् । जिल्लामा जम्मा मतदाना ३ सय १ रहेकोमा २ सय ३१ मत खसेको निर्वाचन समितिले जनाएको छ ।
अबेरसम्म चलेको मतदानको नजिता शनिबार राति नै सार्वजनिक गरिएको थियो । जिल्ला कार्यसमिति २१ जनाको बन्ने जनाइएको छ । निर्वाचित पदाधिकारीहरुले आइतबार दिउँसो गुलरियास्थित पार्टी कार्यालयमा सपथ ग्रहण गर्ने कार्यक्रम रहेको रास्वपा गुलरियाका नगर सभापति हिमबहादुर पुनले जानकारी दिए ।
