रोल्पामा जिप दुर्घटना : ३ जनाको मृत्यु

जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले दुर्घटनामा २ जना पुरुष र १ महिलाको मृत्यु भएको जानकारी दिए ।

जेष्ठ २१, २०८३

काशीराम डाँगी

Jeep accident in Rolpa: 3 people killed

रोल्पा — रोल्पाको माडी गाउँपालिका–२ घर्तीगाउँस्थित कालापहर क्षेत्रमा सहिद मार्गअन्तर्गत घर्तीगाउँ–व्याङखोला सडकखण्डमा बिहीबार बिहान बोलेरो डबल क्याब दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले दुर्घटनामा २ जना पुरुष र १ महिलाको मृत्यु भएको जानकारी दिए ।

मृतकहरूको सनाखतको प्रयास भइरहेको उनले बताए । प्रहरीका अनुसार बिहीबार बिहान करिब ८ बजेतिर गाडी दुर्घटना भएको हो ।

काशीराम डाँगी कान्तिपुरका रोल्पा संवाददाता हुन् ।

Link copied successfully