प्यूठानमा ३ दिनदेखि विद्युत् अवरुद्ध

अर्घाखाँचीबाट विद्युत् ल्याउन पहल भइरहेको प्राधिकरणको प्यूठान वितरण केन्द्रले जनाएको छ ।

जेष्ठ १२, २०८३

शमशेरविक्रम जीसी

Power outage in Pyuthan for 3 days

प्यूठान — तीन दिनयता प्यूठानमा विद्युत् सेवा अवरुद्ध भएको छ । झिमरुक जलविद्युत् आयोजनाको पावरहाउसमा रहेको ट्रान्सफर्मर आइतबार राति जलेपछि प्यूठानसहित रोल्पा र अर्घाखाँचीका केही भागमा विद्युत् सेवा अवरुद्ध भएको हो । 

समस्या समाधान गर्न केही समय लाग्ने भएकाले अर्घाखाँचीबाट विद्युत् ल्याउन पहल भइरहेको विद्युत् प्राधिकरण प्यूठान वितरण केन्द्रले जनाएको छ ।

विद्युत् सेवा अवरुद्ध हुदा जिल्लाभर जनजीवन प्रभावित भएको छ । बैंक तथा वित्तीय संस्थाको सेवा प्रवाह रोकिएको छ । लिफ्ट खानेपानी प्रयोग गर्दै आएका जिल्लाका उपभोक्तासमेत समस्यामा परेका छन् ।

शमशेरविक्रम जीसी कान्तिपुरका प्यूठान संवाददाता हुन् ।

Link copied successfully