अनशनरत पक्षले लिखित सम्झौता हुनुपर्ने अडान राखेकोमा सरकारी टोली निरन्तर संवादमा छ ।
नेपालगञ्ज — विभिन्न माग राख्दै विगत २० दिनदेखि अनशनरत बाँकेकी रुबी खानलाई भेट्न प्रधानमन्त्रीका सल्लाहकार दीपा दाहाल, एआईजी सुशीलसिंह राठौर र गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्ले लगायतको टोली नेपालगञ्ज पुगेको छ ।
सरकारी टोलीले वार्ता सकारात्मक दिशामा अघि बढिरहेको र अनशन तोड्ने तथा माग सम्बोधन गर्ने विषयमा छलफल जारी रहेको जानकारी दिएको छ । अहिले दुवै पक्षबीच निरन्तर संवाद भइरहेको छ ।
अनशनरत पक्षले लिखित सम्झौता हुनुपर्ने अडान राखेको र सरकारी टोलीले सबै माग तत्काल पूरा गर्न सकिने वा नसकिने विषयमा अझै अन्योल रहेको बताएको छ ।
