राप्रपा बर्दिया जिल्ला अध्यक्षमा गिरी

राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनको विशेष उपस्थितिमा राप्रपा बर्दियाको ११औँ जिल्लाअधिवेशनले हेमन्त प्रकाश गिरीलाई जिल्ला अध्यक्षमा निर्वाचित गरेको हो ।

जेष्ठ १, २०८३

कान्तिपुर संवाददाता

Giri elected as RPP Bardiya district chair

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी, बर्दियाको अध्यक्षमा  हेमन्त प्रकाश गिरी निर्वाचित भएका छन् । राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनको विशेष उपस्थितिमा राप्रपा बर्दियाको ११औँ जिल्लाअधिवेशनले उनलाई जिल्ला अध्यक्षमा निर्वाचित गरेको हो । 

अध्यक्षमा निर्विरोध निर्वाचित भएपछि गिरीले केन्द्रीय अध्यक्षसहित चयनकर्ता पार्टीका अग्रज, साथीभाइ, दिदीबहिनी तथा शुभेच्छुकप्रति हृदयदेखि धन्यवाद व्यक्त गरेका छन्। 'यहाँहरूले दिनुभएको विश्वास, साथ, सहयोग र अमूल्य सुझावलाई म सदैव सम्मान गर्दै पार्टी र जनताको हितमा समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,' उनले भनेका छन् ।

कान्तिपुर

Link copied successfully