बर्दियामा बयस्क बाघ मृत फेला

जिल्लाको मधुवन नगरपालिका–१ स्थित बयस्क पाटे बाघ मृत अवस्थामा फेला परेको छ ।

वैशाख ३१, २०८३

रामप्रसाद चौहान 

Adult tiger found dead in Bardiya

बर्दिया — जिल्लाको मधुवन नगरपालिका–१ स्थित बयस्क पाटे बाघ मृत अवस्थामा फेला परेको छ । 

सोमलपुर सामुदायिक वन र भलुनी भतुवा सामुदायिक वनको सिमानामा बिहीबार बिहान बयस्क पाटे बाघ मृत अवस्थामा फेला परेको खाता सामुदायिक वन समन्वय समितिका अध्यक्ष हरि गुरुङ्गले बताए । 

पाटे बाघ मृत अवस्थामा फेला परेको जानकारी प्राप्त भए लगत्तै घटनास्थलतर्फ वनका कर्मचारी गइरहेको डिभिजन वन कार्यालयका सुचना अधिकारी शिव बहादुर केसीले बताए ।

रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully