पार्टी सभापति रवि लामिछानेले आइतबार रिजाललाई पार्टीको ब्याज लगाएर स्वागत गरेका हुन् ।
दाङ — तुलसीपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा कांग्रेस नेता विमल रिजाल राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् ।
पार्टी सभापति रवि लामिछानेले आइतबार रिजाललाई पार्टीको ब्याज लगाएर स्वागत गरेका हुन् ।
रिजालले १५ दिनअघि मात्रै कांग्रेस पार्टी परित्याग गरेका थिए । यसरी तीन दशक लामो कांग्रेससँगको राजनीतिक यात्रा अन्त्य गर्दै काठमाण्डौमा एक समारोहबीच उनी रास्वपामा प्रवेश गरेका हुन् ।