बुटवलका देवीनगर, बुद्धनगर, मजुवा, रानीगन्जलगायतका एक दर्जन स्थानका अव्यवस्थित बस्तीका झण्डै १ सय टोल विकास संस्थामा आबद्ध भएका सुकुमवासी र अव्यवस्थित बसोवासीले प्रदर्शन गरेका हुन् ।
बुटवल — अव्यवस्थित बसोबासीले बुटवलमा प्रदर्शन गरेका छन् । बुटवलको चौराहाबाट सुरु भएको विरोध प्रदर्शन ट्राफिक चोकमा पुगेर कोण सभामा परिणत भएको हो ।
बुटवलका देवीनगर, बुद्धनगर, मजुवा, रानीगन्जलगायतका एक दर्जन स्थानका अव्यवस्थित बस्तीका झण्डै १ सय टोल विकास संस्थामा आबद्ध भएका सुकुम्बासी र अव्यवस्थित बसोवासीले प्रदर्शन गरेका हुन् ।
नेपाल भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोवास संघर्ष समितिको आयोजनामा प्रदर्शन सुरु भएको हो । प्ले कार्ड र ब्यानरसहित प्रदर्शनमा उत्रिएका सुकुमवासीले डोजर आतंक बन्द गर्न माग गरेका छन् ।
