बैठकले गुल्मी इस्मा गाउँपालिकाको केन्द्र वडा ५ को चापटारीमा कायम गर्न नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ ।
दाङ — लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्नेदेखि विभिन्न कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका (देउखुरी) मा बिहीबार सम्पन्न बैठकले राम पराजुलीलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिव र जानुका पण्डितलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सचिवको जिम्मेवारी तोक्ने निर्णय गरेको छ ।
यसैगरी अनिल मरासिनीलाई यातायात पूर्वाधार निर्देशनालयको निर्देशकको जिम्मेवारी तोकिएको स्वास्थ्य मन्त्री खेमबहादुर सारुले जानकारी दिए ।
बैठकले गुल्मी इस्मा गाउँपालिकाको केन्द्र वडा ५ को चापटारीमा कायम गर्न नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ ।
त्यसैगरी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट पेश भएको ‘अध्ययन पूर्व स्वीकृति तथा अध्ययन बिदा स्वीकृतिसम्बन्धी कार्यविधि, २०८३’ स्वीकृत गर्ने निर्णय भएको छ ।
प्रदेश प्रशासनिक परिसरभित्र नवनिर्मित भवनबाट सेवा प्रवाहका लागि आवश्यक फर्निचर तथा अन्य सामान व्यवस्थापन गर्न बजेट फुकुवा गर्ने निर्णय बैठकले गरेको छ ।
