बुटवलबाट बर्दघाटतर्फ जाँदै गरेको लु१ख ७२८५ नम्बरको बस र नारायणगढबाट बुटवल आउँदै गरेको बागमती प्रदेश ००ख ८९२८ नम्बरको ईभी माइक्रो बस आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
काठमाडौँ — बुटवल बर्दघाट सडक खण्डको गणेशनगरस्थित प्रतीक्षालय नजिक बस र माइक्रो बस आपसमा ठोक्किएर भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।
बुटवलबाट बर्दघाटतर्फ जाँदै गरेको लु१ख ७२८५ नम्बरको बस र नारायणगढबाट बुटवल आउँदै गरेको बागमती प्रदेश ००ख ८९२८ नम्बरको ईभी माइक्रो बस आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएकामध्ये दुईजनाको देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले बताए । घाइतेहरूको देवदह मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।