कावासोती अरुणखोला सडक खण्डको गंडार खोला नजिक टिपरले मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका भुवन बोहराको मृत्यु भएको हो ।
काठमाडौँ — बुटवल-नारायणगढ सडक खण्डको अरुणखोला नजिक आइतबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
गंडार खोला नजिक टिपरले मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका भुवन बोहराको मृत्यु भएको हो । अर्का घाइते प्रवेश बोहराको मध्यबिन्दु अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । दुवै जना बझाङको बित्थडचिर गाउँपालिका निवासी हुन् ।
जिल्ला प्रहरीका अनुसार ०३४ प ६६७४ नम्बरको मोटरसाइकललाई महेन्द्र राजमार्ग विस्तार गर्ने काममा प्रयोग हुँदै आएको लु १ अ १६ टिपरले ठक्कर दिएको हो ।
