जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुका अनुसार चट्याङ पर्दा आगाे लागेपछि घर जलेर पूर्ण रूपमा क्षति भएका कारण ६ जनाको परिवार विस्थापित भएको हो ।
गुल्मी — यहाँको एक घरमा चट्याङ लाग्दा आगो लागेर पूर्ण रुपमा जलेर क्षति भएको छ । धुर्काेट गाउँपालिका-७ वाग्लामा बसन्ता परियारको घरमा चट्याङ परेको थियो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुका अनुसार चट्याङ पर्दा आगाे लागेपछि घर जलेर पूर्ण रुपमा क्षति भएका कारण ६ जनाको परिवार विस्थापित भएको हो । उनीहरूलाई नजिकै ससुरा गणेश परियारको घरमा सुरक्षित राखिएको छ ।
घटनास्थलमा प्रहरी चाैकी धुर्कोट वस्तुबाट प्रहरी हवल्दार हर्कबहादुर साउदको नेतृत्वमा प्रहरी टाेली खटिएको थियो ।
