बुधबार दिउँसो १ बजे सदरमुकाम परासीमा ३७ डीग्री सेल्सियस तापक्रम मापन भएको छ ।
परासी — केही दिनदेखि बढेको गर्मीले पश्चिम नवलपरासीको जनजीवन प्रभावित बनेको छ । बिहानैदेखि तातो हावा चल्ने र दिउँसोको तापक्रम ३७ डिग्री सेल्सियससम्म पुग्ने गरेको छ । गर्मीका कारण बाहिर निस्कने अवस्था नरहेको रामग्रामका राजेन्द्र चौधरीले बताए ।
बुधबार दिउँसो १ बजे सदरमुकाम परासीमा ३७ डिग्री सेल्सियस तापक्रम मापन भएको छ । दैनिक मजदुरी गरेर खाने विपन्न परिवारलाई तातो हावा चलेका कारण काम गर्न असहज भएको छ ।
तातो हावा चल्दा शरीर सुक्खा हुने हुँदा प्रशस्त पानी पिउन चिकित्सकहरूले सुझाव दिएका छन् ।
