पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते 

दुर्घटनामा परी रैनादेवी छहरा–४, छहरा अमलाबासका विशाल रानाको मृत्यु भएको प्रहरीले जनाएको हो ।

वैशाख ८, २०८३

माधव अर्याल

One dead, one injured in tractor accident in Palpa

पाल्पा — पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीमा भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी रैनादेवी छहरा–४, छहरा अमलाबासका विशाल रानाको मृत्यु भएको प्रहरीले जनाएको हो ।

भुवनपोखरीको झिरवासबाट सामान छाडेर छहरातर्फ आउँदै गर्दा लु ५ त १०३५ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो । दुर्घटनामा गम्भीर घाइते भएका रानाको उपचारका क्रममा तानसेनस्थित मिसन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा ट्याक्टर चालक अमलाबासकै चन्द्र बहादुर बगाले घाइते भएका हुन् । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully