सुत्ने कोठाको स्टिल दराजभित्र सेफमा लुकाएर राखिएको अवस्थामा उक्त पेस्तोल बरामद गरिएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी रिपेन्द्रकुमार सिंहले बताए ।
कपिलवस्तु — अवैध हतियारसहित एक युवक पक्राउ परेका छन् । बुद्धभूमि नगरपालिका–१ ईमिलियाका ३४ वर्षे श्याम भन्ने सुरज कुँवरको घरबाट मेड इन चाईना लेखेको ७ ईन्च लामो अवैध पेस्तोल प्रहरीले बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तथा ईलाका प्रहरी कार्यालय गोरुसिंगेबाट खटिएको संयुक्त प्रहरी टोलीले सुरजलाई घर नजिक डुमराबाट पक्राउ गरी लगेर घरमा खानतलासी गरेको थियो ।
उनी सुत्ने कोठाको स्टिल दराजभित्र सेफमा लुकाएर राखिएको अवस्थामा उक्त पेस्तोल बरामद गरिएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी रिपेन्द्रकुमार सिंहले बताए ।
कुँवरलाई हतियार तथा खरखजना सम्बन्धी कसुरमा जिल्ला अदालतबाट आइतबार ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
