दाङमा कांग्रेसको प्रदेशस्तरीय निर्वाचन समीक्षा

उम्मेदवारहरूले निर्वाचनमा आन्तरिक असहयोगका कारण परिणाम प्रभावित भएको विषय उठान गरेका थिए भने चुनावमा अन्तर्घात गर्नेहरूमाथि कारबाही गर्न उनीहरूले मागसमेत गरेका छन् ।

चैत्र २९, २०८२

दुर्गालाल केसी

Review of the provincial election of the Nepali Congress in Dang

दाङ — कांग्रेसले लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम भालुबाङमा सम्पन्न गरेको छ।

पार्टी सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, उपसभापति पुष्पा भुसाललगायत केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको उपस्थितिमा आइतबार चुनावी समीक्षा गरेको हो।

कार्यक्रममा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, प्रदेश कार्यसमिति, १२ जिल्लाका सभापति, प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुखहरूको पनि सहभागिता रहेको प्रदेश सभापति अमरसिंह पुनले बताए ।

कार्यक्रममा निर्वाचन समीक्षासँगै ‘अबको कांग्रेस’ विषयमा अन्तरसंवादसमेत सञ्चालन भएको सभापति पुनले जानकारी दिए । कार्यक्रममा संगठन सुदृढीकरण, चुनावी रणनीति र कार्यशैलीबारे छलफल केन्द्रित गरिएको उनले बताए ।

उम्मेदवारहरूले निर्वाचनमा आन्तरिक असहयोगका कारण परिणाम प्रभावित भएको विषय उठान गरेका थिए । चुनावमा अन्तर्घात गर्नेहरूमाथि कारबाही गर्न उनीहरूले मागसमेत गरेका छन् ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully