मोटरसाइकलमा आमालाई लिएर गइरहेको अवस्थामा भएको दुर्घटनामा परेर आमाको घटनास्थमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीले बताए।
नेपालगन्ज — बाँकेको कोहलपुर-१५, अक्कलघरवामा टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार शनिबार कोहलपुरको भित्री सडकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार जाजरकोट छेडागाउ नगरपालिका-५ की ५७ वर्षीया देवीसरा रावतको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइकल चालक उनका छोरा सुदीप रावत गम्भीर घाइते छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार हवलदारपुरबाट गुरुवागाउँतर्फ गइरहेको भे१ख ३२३२ नम्बरको टिपरले गुरुवा गाउँदेखि हवलदारपुरतर्फ गइरहेको कर्णाली प्रदेश ०२–००१ ब ०३६१ नम्बरको मोटरसाइकललाई अक्कलघरवामा ठक्कर दिएको हो ।
मोटरसाइकलमा आमालाई लिएर गइरहेको अवस्थामा भएको दुर्घटनामा परेर आमाको घटनास्थमै मृत्यु भएको प्रहरी नायब उपरिक्षक पातलीले बताए। दुर्घटनामा घाइते सुदीपको नेपालगन्जस्थित सन्जीवनी अस्पतालमा उपचार भइरहेको छ । उनको छाती र टाउकोमा गम्भीर चोट लागेको उनले बताए ।
दुर्घटनापछि टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
