आफ्नो कार्यक्षेत्रमा उत्कृष्ट कार्य सम्पादन गरेकामा कदर गर्दै गुलरिया नगरपालिका–४ की दर्ता सहयोगी कृष्ण सुनार, वडा नम्बर ६ की शारदा राना र बारबर्दिया नगरपालिका–६ की सुगन्धा जीसी सम्मानित भएका हुन् ।
बर्दिया — स्वास्थ्य बिमा बोर्ड जिल्ला सम्पर्क शाखा कार्यालय गुलरियाले तीन जना उत्कृष्ट दर्ता सहयोगीलाई सम्मान गरेको छ । दशौं स्वास्थ्य बिमा दिवसको अवसरमा बुधबार सम्पर्क शाखा कार्यालयले उत्कृष्ट तीन जना दर्ता सहयोगीलाई सम्मानित गरेको हो ।
आफ्नो कार्यक्षेत्रमा उत्कृष्ट कार्य सम्पादन गरेकामा कदर गर्दै गुलरिया नगरपालिका–४ की दर्ता सहयोगी कृष्ण सुनार, वडा नम्बर ६ की शारदा राना र बारबर्दिया नगरपालिका–६ की सुगन्धा जीसी सम्मानित भएका हुन् ।
सम्मानित भएकालाई जिल्ला समन्वय समितिका प्रमुख सूर्यबहादुर विष्ट र उप–प्रमुख अमिताकुमारी यादवले संयुक्त रूपमा सम्मान–पत्र प्रदान गरेका थिए ।
जल्लाभरि ८२ जना दर्ता सहयोगी रहेको स्वास्थ्य बिमा बोर्ड जिल्ला शाखा कार्यालय गुलरियाका संयोजक डिकेन्द्रबहादुर विष्टले बताए । उनका अनुसार जिल्लाभर जम्मा विमित घरधुरी ४८ हजार ७ सय ८९ छन् भने जम्मा विमित संख्या १ लाख ६१ हजार ८ सय ९० रहेको छ । ‘जसमध्ये हाल ३० हजार ९ सय ८३ विमित घरधुरी सक्रिय छन्,’ उनले भने ।