लागुऔषध ओसारपसारमा संलग्नलाई नियन्त्रणमा लिन गोली प्रहार, तीन जना पक्राउ

रोहिणीको कोटहवाबाट छिपागढतर्फ आइरहेको तीन जना सवार यूपी ५६ एफ ९९०१ नम्बरको हिरो होन्डा मोटरसाइकल रोकेर जाँच गर्न खोज्दा भाग्ने क्रममा उनीहरू लडेका थिए ।

चैत्र २४, २०८२

दीपेन्द्र बडुवाल

Three arrested in shootout with drug traffickers

भैरहवा — लागुऔषध ओसारपसारमा संलग्न आरोपितलाई नियन्त्रणमा लिन प्रहरीले सोमबार मध्ये रात गोली चलाएको छ । लगत्तै प्रहरीले लागुऔषधसहित कारोबार आरोपमा तीन जनालाई पक्राउ गरेको छ । गोली लागेर एक जना घाइते भएको प्रहरी जनाएको छ । 

जिल्ला प्रहरी प्रवक्ता डीएसपी कृष्णकुमार चन्दका अनुसार पक्राउ पर्नेमा रुपन्देहीको रोहिणी गाउँपालिका–२ खुरहुरियाका विशाल यादव, भारतको महाराजगन्ज जिल्ला अन्तर्गत पर्सामलिक ग्राम बिसुनपुरुवाका १८ वर्षीय अरुण कुमार र त्यहीँ ठेगाना भएका २० वर्षीय विनय पाण्डेय रहेका छन् । 

रोहिणी–४, कोटहवामा लागुऔषध ओसारपसार गरिरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले पक्राउ गर्न लाग्दा फरार भएपछि नियन्त्रणमा लिन गोली चलाएको प्रहरीले जनाएको छ । सूचनालगत्तै लागुऔषध नियन्त्रण ब्यूरो भैरहवा र जिल्ला प्रहरीबाट संयुक्त टोली खटिएको थियो । 

रोहिणीको कोटहवाबाट छिपागढतर्फ आइरहेको तीन जना सवार यूपी ५६ एफ ९९०१ नम्बरको हिरो होन्डा मोटरसाइकल रोकेर जाँच गर्न खोज्दा भाग्ने क्रममा उनीहरू लडेका थिए । लडेका युवकलाई नियन्त्रणमा लिने क्रममा उल्टै ढुङ्गा प्रहार गरेर प्रहरीलाई घाइते बनाएपछि एक राउन्ड हवाई फायरसहित दुई राउन्ड गोली प्रहार गरिएको प्रहरीले जनाएको छ । 

उनीहरूलाई लागुऔषधसहित पक्राउ गरिएको डीएसपी चन्दले बताए । बायाँ खुट्टाको पिडुलामा गोली लागेर सामान्य घाइते रोहिणी–२, खुरहुरियाका विशाल यादवलाई तत्काल भैरहवास्थित भीम अस्पताल पुर्‍याइएको थियो । उपचारपछि घाइते डिस्चार्ज भइसकेको उनले बताए । उनीहरुले मोटरसाइकलमा लुकाएर फेनागन १ हजार १ सय एम्पुल, त्यति नै परिमाणमा डाइजोपाम र ब्रुफिन बरामद गरिएको हो ।

दीपेन्द्र

Link copied successfully