आज पनि लुम्बिनी प्रदेश सभा बैठक बस्दै

प्रदेश सभा सचिवालयका अनुसार बैठकमा प्रदेश सभा सदस्यहरुले समसामयिक विषयमा विशेष समयमा आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ ।

चैत्र २४, २०८२

दुर्गालाल केसी

Lumbini Provincial Assembly meeting underway today

दाङ — लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन अन्तर्गत सातौं बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजेका लागि तय गरिएको छ ।

प्रदेश सभा सचिवालयका अनुसार बैठकमा प्रदेश सभा सदस्यहरुले समसामयिक विषयमा विशेष समयमा आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ ।

त्यसैगरी, वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवारले ‘प्रदेश वन ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक’माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव सभा समक्ष पेश गर्ने कार्यक्रम रहेको छ । गत चैत २२ गतेबाट प्रदेश सभाको बैठक निरन्तर बसिरहेको छ ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully