सशस्त्र प्रहरीलाई कुटपिट आरोपमा गाउँपालिका उपाध्यक्ष चौधरी पक्राउ

हथिहवा बिओपी अन्तर्गत शिवलवा पोष्टमा डिउटीमा खटिएका सशस्त्रका वरिष्ठ हवल्दार भीमबहादुर चौधरीलाई सोमबार दिउँसो उपाध्यक्ष चौधरीले हातपात गरेको प्रहरीले जनाएको छ ।

चैत्र २३, २०८२

मनोज पौडेल

Village Municipality Vice-Chairman Chaudhary arrested on charges of assaulting Armed Police Force personnel

कपिलवस्तु — सशस्त्र प्रहरीलाई कुटपिट गरेको आरोपमा शुद्धोधन गाउँपालिका उपाध्यक्ष होमप्रकाश चौधरी पक्राउ परेका छन् ।

हथिहवा बिओपी अन्तर्गत शिवलवा पोष्टमा डिउटीमा खटिएका सशस्त्रका वरिष्ठ हवल्दार भीमबहादुर चौधरीलाई सोमबार दिउँसो उपाध्यक्ष चौधरीले कुटपिट गरेको प्रहरीले जनाएको छ ।

उपाध्यक्ष चौधरीका आफन्तले सीमापारिबाट मोटरपार्ट्सका सामान ल्याउँदा जाच गरेर अनावश्यक दुःख दिएको भन्दै कुटपिट गरेको जिल्ला प्रहरीका सूचना अधिकारी तथा डीएसपी रिपेन्द्रकुमार सिंहले बताए । कुटपिटबाट घाइते भएका वरिष्ठ हवल्दार चौधरीको उपचार भइरहेको डीएसपी सिंहले बताए ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully