मकै छर्न बारी जोत्ने क्रममा लु३त ७२५ नम्बरको ट्याक्टर सोमबार पल्टिएको हो । चालक टेकबहादुर आलेको सोही ट्याक्टरमुनि च्यापिएर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
पाल्पा — जिल्लाको रामपुरमा भएको ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ ।
पाल्पाको रामपुर नगरपालिका–३, गैलुकमा ट्याक्टर पल्टिँदा सोही ट्याक्टरले च्यापिएर रामपुर नगरपालिका–४, बाङ्गेपसलका ५२ वर्षीय टेकबहादुर आलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी होमप्रकाश चौधरीले जानकारी दिएका छन् ।
मकै छर्न बारी जोत्ने क्रममा लु३त ७२५ नम्बरको ट्याक्टर सोमबार पल्टिएको हो । चालक आलेको सोही ट्याक्टरमुनि च्यापिएर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जोत्दा जोत्दै ट्याक्टर अनियन्त्रित भएर पल्टिएको थियो । आले ट्याक्टर धनीसमेत हुन् । दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
