प्यूठानको ऐरावतीमा आगलागीबाट २२ घरगोठ जलेर नष्ट

आगलागीबाट मानवीय क्षति नभए पनि घरमा रहेका अन्नपात र १०८ बाख्रा जलेर मरेको वडा अध्यक्ष अमर रेस्मीले बताए।

चैत्र २२, २०८२

शमशेरविक्रम जीसी

22 houses destroyed in fire in Airavati, Pyuthan

काठमाडौँ — प्यूठानको ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा २२ घरगोठ जलेर नष्ट भएका छन्।

गएराति करिब १२ बजेबाट लागेको आगोले स्थानीयका ८ घर र १४ गोठ जलेर नष्ट भएको ऐरावती गाउँपालिका–१ का वडा अध्यक्ष अमर रेस्मी मगरले जानकारी दिए।

आगलागीबाट मानवीय क्षति नभए पनि घरमा रहेका अन्नपात र १०८ बाख्रा जलेर मरेको वडा अध्यक्ष रेस्मीले बताए।

आगो नियन्त्रणमा आइसकेको र क्षतिको विवरण संकलन गर्ने काम भइरहेको उनले बताए।

शमशेरविक्रम जीसी कान्तिपुरका प्यूठान संवाददाता हुन् ।

Link copied successfully